भोजपुर। २०७४ सालमा भएको निर्वाचनमा भोजपुर नगरपालिकालाई उज्यालो नगर बनाउने उम्मेदवारहरूले घोषणा गरेका थिए। तर अहिले पनि भोजपुर नगरपालिकाका सबै क्षेत्रमा विद्युत् विस्तार हुन सकेको छैन। अहिले पनि यहाँका वडा २ हेलौछाको चङ्खुले, फलाटे, घारालगायत ठाउँका स्थानीय विद्युतको पहुँचभन्दा बाहिर रहेका छन्।
वडा–१० भैंसीपंखाका अधिकांश स्थानीयले अहिले पनि विद्युत्का् उपभोग गर्न पाएका छैनन्। तत्कालिन भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले सक्षम रुपमा नेतृत्व गर्न नसक्दा पाँच वर्षमा पनि विद्युत् विस्तार हुन नसकेको स्थानीयबासीको भनाइ छ।
भोजपुर नगरपालिका बत्तीमुनी अँध्यारो भएको भोजपुर नगरपालिका ३ गुप्तेश्वरका स्थानीयबासीले बताए। स्थानीय जनप्रतिनिधिले आफुलाई भोट दिएको नदिएको आधारमा फरक व्यवहार गरेको उनिहरुको आरोप छ।
उनिहरुले भने, हामीले अहिलेसम्म विद्युत्को उपभोग गर्न पाएका छैनौँ। भौगोलिक रुपमा विकट रहेको टेम्केमैयुङ गाउँपालिकामा सक्षम नेतृत्वको कारण प्रदेश १ कै उज्यालो स्थानीय तह घोषणा भइसकेको छ। तर २०७४ सालमा नै ६० प्रतिशत भन्दा बढी स्थानमा विद्युत् बलेको भोजपुर नगरपालिकाको अवस्था अहिले पनि यस्तो छ।
यस्ता जनप्रतिनिधिबाट हामीले के आशा गर्ने कुशल नेतृत्व छान्न नसक्दाको परिमाण भोग्दै छौँ।’अवको निर्वाचनमा भने जनताले सहि नेतृत्वको चयन गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ।