काठमाडौं । दोलखामा रहेको जुम खोला र संखुवासभाको अरुण तेस्रोको लगानी स्वीकृत भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित आज बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।
लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिब १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पूँजिवृद्धि स्वीकृत गरेको जानकारी दिए।
उनले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको समेत जानकारी दिए ।
बोर्डको बैठकले सम्राट सिमेन्ट र क्यूटिवान माथिल्लो त्रिशूली वानको शेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालू वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।