काठमाडौं। निर्माण व्यवसायीहरुले निर्माण होलिडे घोषणा गरी देशभरका निर्माण कार्य रोकेर बसेका छन्। विभिन्न मागहरु राख्दै निर्माण व्यवसायीहरुले गत वैशाख ११ गतेदेखि निर्माण होलिडे घोषणा गरेर काम रोकेका हुन्।
.jpg)
देशभरका निर्माण कार्य ठप्प हुँदा निर्माण उपकरणहरू यतिबेला थन्किएर बसेका छन्।
.jpg)
निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु लगायतको संशोधन तथा खारेजीको माग सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघले गत वैशाख ८ गते देखि आन्दोलन शुरु गरेको थियो।
.jpg)
अहिले सरकारसँग महासंघको वार्ता चलिरहेको छ। गत वैशाख १६ र २१ गते बैठक बसेको थियो भने आज पनि सरकार र महासंघबीच छलफल हुने भएकाे छ।
.jpg)
तस्बिर: नेपाल निर्माण व्यवसायी महासंघकाे फेसबुकबाट