तत्कालको न्युरोड जुदध्सडक पहिले शान्त भएता पनि अहिले कोलाहलमा परिणत भएको छ । जुद्धशम्शेरले विदेशि शैलिमा ९० साल अघि पाको पुखुड्याँ भन्ने ठाउँलाई चौडा सडकमा निर्माण गर्न लगाए । जुन सडक निर्माण पश्चात श्री ३ लाई खुसि बनाउनको लागि जुद्धसडक नामाङकृत गरियो ।
नेपालमा पहिलो पटक नयाँ पिच सडक बनेको हुनाले काठमाण्डौंबासि नेवारहरुले न्हुसतक भन्दथे । पछि नेपालिभाषिहरुको जमात बढदै गएपछि यसलाई नयाँसडक भन्न थालियो । त्यस्तैगरी आफुलाई अलि बढि स्मार्ट ठान्नेहरुले सगरमाथालाई एभरेष्ट भनेजसरी नयाँ रोडलाई न्युरोडमा परीनत गरीदिए ।
त्यस्तैगरी नयाँ सडकमा अवस्थित पुराना पसलहरुको नाममा नेपालीपन लोप भएको पाइन्छ । जस्तैः शाक्य स्टेश्नरी, एम जी जहीर कपाल ड्रेसर, पाण्डे को अनुवाद सेवा, ईएनसी वाइन मर्चेन्ट्स आदि नामले पनि नेपालीपन लोपहुदै गएको छ भन्नेकुरालाई बुझिन्छ ।
सन् १९७६ मा भारतको पुरानो चर्चित रक्सी उत्पादक डायर मीकिन काठमाण्डौंमा मोहन मीकिनको रुपमा सुरुवात भइसकेको थियो । त्यतिबेला भारतका ठाकुरहरुले काठमाण्डौंको मुख्य व्यापारीक क्षेत्रहरु ओगटिसकेका थिए ।