काठमाडौं। कालिञ्चोक केबलकारले एक वर्षको अवधिमा करिब चार करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। निजी क्षेत्रबाट लगानी भएको कालिञ्चोक केबलकारले सन् २०२१ मा ३ करोड ६९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।
अघिल्लो वर्ष सन् २०२० मा कालिञ्चोकले ३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कालिञ्चोकको सञ्चालन आम्दानी केही घटेको छ । कोरोना महामारीले पर्यटकको आगामनमा कमी आएपछि आम्दानीमा कमी आएको थियो ।
सन् २०२२ मा आम्दानीमा सुधार आएको केबलकारले जनाएको छ । यो वर्ष सुरु भएपछि यात्रुको संख्यामा वृद्धि भएपछि कम्पनीको आम्दानी २ करोड १० लाख रुपैयाँ पुगेको छ । यसबीचमा ५० हजार पर्यटकले केबलकार चढेका छन् ।
गत वर्षको भन्दा यो वर्ष केबलकारको आम्दानी बढ्ने भएको छ । कम्पनीको ऋण २२ करोड २० लाख रुपैयाँ छ । यस्तै सेयर पुँजी २९ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।