तनहुँ। चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली पुगेका छन्। शनिबार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर देउवा नेपाली कांग्रेसले आयोजना गरेको सभामा सहभागी हुन तनहुँ पुगेका हुन्।
देउवासंगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महत पनि तनहुँ पुगेका छन्।
बिहान साढे १० बजे सुरु हुने भनिए पनि बुटवलमा भएको चुनावी सभालाई देउवाले प्राथमिकता दिँदा दमौलीको कार्यक्रम साढे एक बजेलाई सरेको थियो।