काठमाडौं। ताप्लेजुङमा रहेको संसारकै तेस्रो अग्लो शिखर कञ्चनजङ्घामा नेपाली सेनाको टोली पुगेको छ। नेपाली सेनाले ईतिहासमै पहिलो पटक कञ्चनजङ्घा आरोहण गरेको हो।
सेनाको अगुवाइमा हिमाल सफाइ अभियानअन्तर्गत गएका क्याप्टेन राजु श्रेष्ठ र सिपाही अमित थापाको टेली शनिबार बिहान शिखरमा पुगेको हो। समुद्री सतहदेखि ८ हजार ५८६ मिटरको कञ्चनजङ्घालाइै प्राविधिक रुपमा आरोहण गर्न कठिन हिमाल भनेर चिनिन्छ।
गत वर्षहरुमा झैँ यस वर्ष पनि नेपाली सेनाको अगुवाइमा सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल सफाई भईरहेको छ। गत वर्ष यी हिमालबाट १३ हजार किलोभन्दा बढी फोहोर सेनाले सङ्कलन गरेको थियो।