काठमाडौं। चितवनको खैरहनीमा युवा संघका अगुवा कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरिएको छ। हतियार प्रहारबाट खैरहनी–८ घर भएका युवा संघका अगुवा कार्यकर्ता कुमार थापा घाइते भएका छन्। उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको चितवनका एसपी नवराज अधिकारीले बताए।
आक्रमणमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन्। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार व्यक्तिगत दुश्मनीको आधारमा धारिलो हतियार प्रहार भएको थाहा भएको छ। हतियार प्रहारबाट थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ। घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए। रातोपाटीबाट