काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियता पूर्वक सहभागी हुन आग्रह गरेको छ।
महासंघले आफ्ना सम्पूर्ण प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट र वस्तुगत संघका सदस्यहरुलाई मतदान कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो।
महासंघले विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीहरुलाई निष्पक्ष, शान्त तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सरकरको अभियानलाई समेत आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेको छ।
स्थानीय सरकारको काम कारबाहीबाट नै नागरिकले राज्यको सार्थक उपस्थिति महसुस गर्ने तथ्य विगतको ५ वर्षमा पुष्टि भएको भन्दै महासंघले आफ्ना सबै सदस्यहरुलाई निर्वाचनमा सक्रिय सहभागीता जनाउन अपिल गरेको हो।
.jpg)