ललितपुर। गोदावरी नगरपालिकामा सडकबत्ती जडान गरिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीले गोदावरी–१२ ठेचोस्थित बेथिगल टोल सुधार समितिद्धारा आयोजित समारोहमा नगरपालिकाको ४० र मन्त्रालयको ६० प्रतिशत लगानीमा सो नगरपालिकामा सडक बत्ती जडान गर्ने कुरा जानकारी दिएकी छिन्।
चाडपर्ब नजिकिएको कारणले गर्दा मन्त्रालयको निर्णय दशैंपछि मात्र हुने भएको छ। सो नगरपालिकामा रहेको १४ वटै वडाहरुमा सडक बत्ती जडान गरिने योजना रहेको छ। समुदायमा सरसफाई, वातावरण संरक्षण, विकृति र विसंगति न्युनीकरण गर्न समुदायलाई अग्रसर गराउँदै लैजाने कुरा बेथिगल टोल सुधार समिसतले जनाएको छ।