काठमाडौं। काठमाडौं महानगरपालिकाले विकास निर्माणका १६ वटा टेन्डर आह्वान गरेको छ। महानगरले सोमबार सडक मर्मत, पार्क निर्माणलगायतका १६ वटा टेन्डर आह्वान गरेको हो।
महानगरपालिकाले ४४ लाखको ज्येष्ठ नागरिक पार्क बाँसबारी, वडा नं २६ मा सडक मर्मत, गौशालदेखि पुरानो बानेश्वरसम्म फुटपाथ निर्माण, बालाजु बाइधारा पार्क विकास र स्विमिङ मूल पुनर्निर्माण गर्न टेन्डर खुलाएको हो।
त्यसैगरी महानगरको वडा नं १ मा नन्दकिशोर मन्दिर चौघेरा सत्तल, वडा नं ३१ मा निर्मल बाल विकास विद्यालयमा होस्टल, वडा ३ मा नारायण गोपाल संगीत कोष बिल्डिङ फिनिसिङको लागि टेन्डर आह्वान गरिएको छ।
१ करोड २८ लाख लागतको वडा २५ मा रत्नकेतु महाविहार, वडा १६ को शुभकामना टोलमा सडक र ढल निकास, वडा २५ मा फायर हाइडेन्ट, वडा १० मा अर्वन हेल्थ क्लिनिक, न्यु प्लाजामा ढल निकास, बालमन्दिरको पुनर्स्थापनाको लागि टेन्डर आह्वान गरेको छ।