काठमाडौं। महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा निर्माणाधिन एक क्रसर उधोग सञ्चालकको जलेर मृत्यु भएको छ। प्रहरीले घटनाको अनुसन्धानको लागि सोही क्रसर लगानीकर्ता एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
भङ्गहा नगरपालिका–४, जमुनिया स्थित रातु नदी किनारमा निर्माणाधिन जय श्री हनुमान बालुवा वासिङ क्रसर उद्योगका सञ्चालक धनुषा जिल्लाको मिथिला नगरपालिका–२ बस्ने ३९ वर्षीय दिनेश महतोको जलेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकास विष्टले सुतिरहेको घरमा करेन्ट प्रवाह भएर आगलागी भएको देखिएको र सोही आगोमा जलेको प्रारम्भिक घटनाले देखाएको बताए। आजको गोरखापत्र दैनिकबाट