फाइल तस्बिर
काठमाडौं। कास्कीमा पार्किङ गरेर राखेको अवस्थामा एक एस्काभेटर तोडफोड भएको छ। कास्कीको रुदि खोला मुग्रेंवेशी थुम्सीकोट-भगवतीटार-भैंसे सडक खण्डमा निर्माण कार्यको लागि प्रयोग भइरहेको एस्काभेटर अज्ञात समूहले तोडफोड गरेको हो।
पुष्पलाल (मध्य पहाडी) राजमार्ग निर्देशनालय र भारत/ दिव्य ज्योती/ जय धनन्जय जेभी बीच सम्झौता भई पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजना, पर्वत मातहतमा रहि निर्माण भइरहेको क्षेत्रको एस्काभेटर स्थानीय निर्वाचनको अघिल्लो रात (बिहीबार ) तोडफोड भएको हो। तोडफोड भएको एस्काभेटर दिव्य ज्योती कन्स्ट्रक्सन प्रा.लि को हो ।
राति पार्किङ गरि राखेको स्थानमा तोडफोड गरिएको एस्काभेटरको अगाडि पछाडि दुवै तर्फको सिसा फुटेका छन् ।
.jpg)
निर्वाचनमा पाटिगत मनमुटाव वा चोरीको उद्देश्यले मिसिन तोडफोड भएको हुन सक्ने साइट इन्चार्ज राज कुमार पराजुलीले बताउनुभयो। विभिन्न कारणले मार्कामा पर्दै आएका निर्माण व्यवसायीहरु यस्ता कारणले अझ निरुत्साहित बनाउने बताउँछन्।
.jpg)
एक वर्ष अघि मात्र खरिद गरेको एस्काभेटरमा गरिएको तोडफोडका कारण आफूलाई ठूलो क्षति भएको भन्दै कम्पनीले दोषीलाई कारबाही र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.jpg)