दार्चुला। दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ को छांगरु र तिंकरको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदैछ । जिल्लाको सबैभन्दा विकट ठाउँ छांगरु र तिंकरको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याउन लागिएको हो।
दुई वटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने भएको हो।
नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छांगरु र तिंकरमा निर्वाचन सामाग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्याइएको थियो ।
व्याँस गाउँपालिका वडा नम्बर १ का दुई वटा मतदान केन्द्रमा साढे तीन सय बढी मत खसेको छ । मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा १३६ र कैलाशपति आधारभूत विद्यालय छांगरुमा २१० मत गरी कुल ३ सय ५५ मत खसेको हो ।