गण्डकी प्रदेशअन्तर्गत मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकाले तेज निरला जनहित मल्टिपल क्याम्पसको भवन निर्माण सँगसगै थकाली सङ्ग्रहालय भवनको पनि निर्माण हुने भएको छ। उक्त क्याम्पस घरपझोङ ४ जोमसोममा निर्माण हुनेछ भने सङ्ग्रहालय घरपझोङ ५ थिनीमा निर्माण हुने भएको छ।
गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले यस क्याम्पसको निर्माण हुन लागेको हो भने क्याम्पससँगैको सङ्ग्रहालयले यस स्थानको पुरातात्विक सामाग्रीको संरक्षणको लागी निर्माण गर्न लागिएको हो। उक्त क्षेत्रमा विद्यालय भएपनि क्याम्पसको अभावमा यस क्षेत्रका विद्यार्थीहरु लामो समय लगाएर टाढा टाढा सम्म जानु परेको समस्या भईरहेको थियो। सोही समस्यालाई मध्येनजर गरी यो भवनको निर्माण गर्न लागीरहेको हो। क्याम्पस सँगसगै थकाली सङ्ग्रहालय निर्माण पनि हुनेभएको छ। जसले यस क्षेत्रको पुरातात्बिक परम्परा हरुको संरक्षण गर्न यस सङ्ग्रहालयको निर्माण हुन लागेको हो।
उक्त क्याम्पस ९६ लाख भन्दा माथिको लगानीमा बन्न लागेको हो भने सङ्ग्रहालय ९० लाख भन्दा माथीको लगानीमा निर्माण हुन लागेको हो। क्याम्पसको निर्माण पछि यस क्षेत्रका विद्यार्थीहरुलाई लामो समय खर्चेर टाढाँ जानु परेको समस्या हटेर सहज हुने वातावरण सिर्जना हुने आशा गरिएको छ। विधार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्। साथै उक्त सङ्ग्रहालयको निर्माण पश्चात यस ठाँउका पुरातात्विक सामाग्रीहरु संरक्षणका साथै प्रचारप्रसारमा पनि टेवा पुग्ने आशा राखिएको नगरपालिकाले जनाएको छ। यस सङ्ग्रहालयको निर्माण पछी पर्यटकको संख्या बढ्ने भएकोले उक्त स्थानको आर्थिक पाटो पनि सबल रहने आशा राखिएको छ।