काठमाडौं। अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले साधारण शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० लाख कित्ताको २० करोड रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्डबाट वैशाख २२ गते अनुमति पाएको छ। कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले संखुवासभा जिल्लामा बुट (बनाउने, स्वामित्व लिने, सञ्चालन गर्ने र पछि हस्तान्तरण गर्ने( मोडल अन्तर्गत ८.५ मेगावाटको रन अफ रिभर अपर हेवाखोला साना जलविद्युत आयोजना बनाइरहेको छ। आयोजनाको प्रवर्द्धन विभिन्न संस्था तथा पृष्ठभूमिका व्यक्तिहरुले गरिरहेका छन्।
हाल आयोजनाको ९८ प्रतिशत बराबर काम सम्पन्न भइसकेको छ। एक अर्ब ४० करोड ९० लाख रुपैयाँ लागतको यो आयोजनामा करिब दुई महिना अघिसम्म एक अर्ब २४ करोड ५० लाख खर्च भइसकेको छ।