काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै मुलुक हवाई उडानमा नयाँ युगमा प्रवेश गरेको बताएका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने बताएका हुन् ।
उनले गौतम बुद्ध तात्कालिन प्रधानमन्त्री मातृका कोइरालाबाट शिलान्यास भएको बताउँदै भने-'अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको अवसरमा उहाँलाई सम्झिएर धन्यवाद दिन चाहन्छु।'
यसै अवसरमा गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी सबैको सहयोगले विमानस्थल बन्न सफल भएको उल्लेख गरे। नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेले विमानस्थल सञ्चालनले मुलुकको विकासमा टेवा पुग्ने बताए। उनले अन्तर्राष्ट्रिय विमानस्थल थपिएसँगै हवाई उद्योग चलायमान हुने प्रस्ट पारे।