पर्वत । गुप्तेश्वरलाई धार्मीक पर्यटन क्षेत्रको रुपमा निर्माण तथा प्रवर्द्ध गरिने भएको छ । गण्डकी प्रदेशको धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वरलाई प्रवर्द्ध गरिने कुश्मा नगरपालिकाले जनाएको हो ।
गुप्तेश्वरलाई प्रवर्द्ध गर्नका लागि श्री धर्म एस, नेशनल स्ट्रक्चर एण्ड कस्तुरी जोइन्ट भेन्चरले ठेक्का पाएको नगरपालिकाले जनाएको छ ।
पोखराका पर्यटकीय स्थलमध्ये एक हो गुप्तेश्वर गुफा। जमीनबाट करिब १५० मीटर तल अवस्थित गुप्तेश्वर गुफाबाट पाताले छाँगोबाट खसेको झरना हेर्न सकिन्छ। दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूलो खुला ठाउँ पनि रहेका छन्।
यस स्थलको प्रवर्द्धन भएमा आन्तरिकका साथै बाह्य पर्यटक बढ्ने सम्भावना रहेको अझ बढेको छ ।