काठमाडौं। तीन हाइड्रोपावर कम्पनी साधारण सेयर ‘आईपीओ’ निष्कासनका लागि धितोपत्र बोर्डमा अनुमति माग गरेका छन्।
मायाखोला हाइड्रोपावर, भूगोल इनर्जी र मकर जितुमाया सुरी हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्।
तीनवटै कम्पनीले आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारण लगानीकर्ताको लागि कुल ७३ करोड १२ लाख रुपैयाँ बराबरको ७३ लाख १२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् ।
मायाखोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता, भूगोल इनर्जीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता र मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन् ।