काठमाडौं। जजिरा एयरवेजले सेवा विस्तार गरेको छ। कुवेतको विमान सेवा कम्पनी जजीरा एयरवेजले मध्य–पूर्व, एसिया र यूरोपमा सेवा विस्तार गरेको हो।
भैरहवास्थित नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पनि जजिराले उडान सुरु गरेको हो। नेपालमा जजिराको दोस्रो उडान सेवा हो। जजिरा एयरवेजले निरन्तर सञ्जाल विस्तार गर्दै नयाँ–नयाँ गन्तव्य थप्दै गईरहेको बताईएको छ। जसले गर्दा कुवेत र मध्य–पूर्वको प्रत्यक्ष धावनमार्गले सेवा दिन नसकेका यात्रुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।
७४ वर्षसम्म काठमाडौंमा मात्र भर परेको अन्तराष्ट्रिय उडान अब हवाई सेवाको विस्तारसँगै नेपालको पश्चिम भगमा ठूलो परिवर्तन ल्याउने बताइएको छ।