काठमाडौं। अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीले सार्वजनिक निष्कासन (आईपीओ) को आवदेन दिने अवधि थप गरेको छ। माग अनुसार आईपीओ आवेदन नपरेपछि कम्पनीले आवेदन दिने अवधि थप गरेको हो।
कम्पनीले आयोजन प्रभावित स्थानिय क्षेत्रका वासिन्दाका लागि वैशाख २२ गतेबाट जेठ ५ गते सम्मका लागि सार्वजनिक निष्कासन(आईपीओ) जारी गरेको थियो ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड न.पा.का स्थानीयका लागि अंकित मूल्यप्रति कित्ता १०० का दरले १३ लाख ५० हजार आईपीओ जारी गरेको थियो ।
उक्त आईपीओ आजसम्म पर्याप्त आवेदन नपरेपछि दरखास्त दिने मिति २० गतेसम्मका लागि लम्बिएको हो। आयोजन प्रभावित क्षेत्रका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।