इलाम । जिल्लामा माइबेनी जलविद्युत आयोजनाको परीक्षण उत्पादन शुरु भएको छ । निर्माण सम्पन्न ९.५१ मेगावाट क्षमताको माइबेली आयोजनाले गत भदौ १७ गतेदेखि परीक्षण उत्पादन शुरु गरेको हो ।
आयोजनाले विभिन्न चरणको परीक्षण सम्पन्न गरी विद्युत खरीद बिक्री सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणलाई १५ दिनका लागि निशुल्क विद्युत उप्लब्ध गराउनेछ । आयोजनाले व्यवसायीक रुपमा उत्पादन शुरु गरेपछि वार्षिक ५३.२८ मेगावाट विद्युतीय उर्जा राष्ट्रिय प्रसारण प्रणालीमा थप योगदान गर्ने छ ।
ऊर्जा डेभलपर्सको नेपालमा नवीकरणीय उर्जा विकास गर्ने उद्देश्यको पहिलो सफलताको रुपमा माईबेनी आयोजनाले लक्षित समयभन्दा अगावै विद्युत उत्पादन आरम्भ गरेको प्रबन्ध निर्देशक भानु पोखरेलले बताउनुभएको छ ।
आयोजनाको कुल १२ लाख ३० हजार कित्ता सधारण शेयर (आईपीओ) मध्ये आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय वासिन्दाकाप्रति लक्षित ५ लाख कित्ता शेयरका लागि २०७५ भाद्र १८ गतेबाट आवेदन खुल्ला गरिएको छ ।
थप सात लाख तीस हजार कित्ता शेयर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि चाडैं खुल्ला गर्ने योजनामा रहेको आयोजनाले जनाएको छ ।