फाइल तस्बिर
हुम्ला। चंखेली गाउँपालिका–५ नेप्काबाट एक लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर एक सुत्केरीको उद्धार गरिएको छ। बच्चा जन्मिएपछि अत्याधिक रक्तश्राव भएर समस्यामा परेकी ३५ वर्षीया तुला तामाङको उद्धार गरिएको हो।
तामाङलाई हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्लामा ल्याइएको छ। तीन दिनअघि सुत्केरी भएकी उनको अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुग भएको थियो।
बिरामीको शरीर सुन्निएर श्वास प्रश्वासमा समस्या भएको र गाउँमा गतिलो स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकोट ल्याएको बताइएको छ।