भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर ओझेलमा परेको छ। उक्त मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको हो।
लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको सो मन्दिर भूकम्पपछि कुनै पनि प्रकारको संरक्षण् हुन सकेको छैन। स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँंमा धेरै विकासको काम भए पनि सो यो मन्दिर भने पुनर्निमाणको पर्खाइमा छ।
भत्किएर मन्दिरको स्वरुप नै बिग्रिएको छ। परम्परादेखि कृष्ण जन्माष्टमीमा चल्दै आएको ९ मुरी, ९ पाथी, ९ माना र ९ मुठी चामलको भतेर खुवाउने चलन उक्त मन्दिरमा रहेको थियो। तर, केही समय अगाडि १।१ माना चामल भए पनि वितरण गरिएको थियो। तर, हाल यो कार्य स्थगित भई मन्दिर बेवारिसे अवस्था रहेको स्थानीयले बताएका छन्।