काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको दुई हजार क्विन्टलभन्दा बढी खाद्यान्न हेलिकप्टरबाट ढुवानी गरिएको छ। खाद्यान्न ढुवानी गरी सिमकोट पुर्याईएको हो।
यसअघि ढुवानीको जिम्मा पाएका निजी वायुसेवा कम्पनीले नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी गर्न नसकेपछि सो खाद्यान्न हेलिकप्टरबाट ढुवानी भएको हो।
कम्पनीका अनुसार बिहीबारसम्म दुई हजार २८७ क्विन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भएको छ। सो खाद्यान्न माउन्टेन एयरको हेलिकप्टरबाट जिल्लाकै सलिसल्लाबाट ढुवानी गरिएको हो। नेपालगञ्ज र सुर्खेतमा रहेको खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयरले हुम्लाकै सलिसल्लासम्म गाडीमै ढुवानी गर्ने गरेको छ। सो स्थानबाट सदरमुकामसम्म सडक नजोडिएका कारण हेलिकप्टरबाट ढुवानी गरिएको बताईएको छ।
हेलिकप्टरबाट खाद्यान्न ढुवानी नभएको भए जिल्लामा खाद्यान्न समस्या देखिने बताउँदै उनले अहिले हेलिकप्टरले गर्दा खाद्यान्न मौज्दात सन्तोषजनक रहेको छ। हेलिकप्टरले सलिसल्लाबाट बाह्र मिनेटको उडान गर्नुपर्छ। प्रतिउडान छ क्विन्टल खाद्यान्न ढुवानी हुने गरेको छ। मौसमले साथ दिएका दिन २० वटा उडानसम्म हुने गरेको छ।