काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको बताएका छन्।
आईतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भ्यूटावरको अर्थ र महत्व नबुझेकै कारण अन्य दलहरुले यसको विरोध गर्ने गरेको बताएका हुन्।
उनले नेपाली काँग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धी घोषणा पत्रमा भ्यूटावर बनाउदैनौं भनेर उल्लेख गरेको जिकीर समेत गरे ।
उनले नेपाली काँग्रेसलाई फ्रान्समा बनाइएको इफेल टावरले अर्बौ आम्दानी दिएको स्मरण समेत गराए। ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको ईफेल टावर, वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरुले अर्बौ आम्दानी दिने गरेको बताए।
उनले त्यस्ता टावरहरु हरेक देशको उचाई भएको र गर्वको विषय रहेको तर्क समेत गरे। त्यस अवसरमा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरु सम्झेर अघि बढ्न पनि सबैलाई आह्वान गरे।