काठमाडौं। फ्रान्सको उच्च पहाडमा एउटा पर्यटन विमान दुर्घटना भएको छ। दुर्घटनामा एकै परिवारका चार सदस्य सहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ।
शनिबार दिउसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो।
विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको बताईएको छ। आगो निभाउन करिब ६० अग्नि परिचालन गरिएका थिए। उक्त दुर्घटनाबारे छानबिन सुरु हने भएको छ।