काठमाडौं। काठमाण्डौं– तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको लागि ईन्जिनियरको आवश्यकता भएको छ। हाईवे डिजाइन ईन्जिनियर , ब्रिज स्टक्चर डिजाइन ईन्जिनियर तथा टनेल ईन्जिनियरहरुको करार सेवामा आवश्यकता भएको हो।
खुल्लातर्फबाट प्रतिस्पर्धाद्वारा करार सेवामा योग्य उम्मेद्वारको नियुक्ति गर्नुपर्ने भएकोले सूचना प्रकाशित भएको छ।
यो सुचना भएको मितिले १५ दिनभित्रमा आफूले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, आफुले प्राप्त गरेको अनुभवको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साईजको फोटो दुई प्रति सहित लिखित निवेदनमा रु.१० को टिकट टाँस गरी नेपाली फाइलमा राखी व्यक्ति स्वयं उपस्थित भई काठमाण्डौं तराई मधेश द्रुतमार्ग सडक आयोजना कार्यालय नित्यकाली शिविर जंगी अड्डामा दरखास्त पेश गर्न सकिने आयोजनाले जनाएको छ।
