कास्की । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्न सरकारले ३४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
निर्माणाधिन विमानस्थलको अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलभित्र प्रवेश गर्ने बाढी र बाढीले पूर्वपट्टी गरिरहेको कटान नियन्त्रणमा लाग्ने झण्डै ३४ करोड रूपैयाँको व्यवस्थापन संघ सरकारले गर्ने बताएका हुन् ।
विमानस्थलको अवलोकनमा पुग्नुभएका देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याकाबारेमा जानकारी गराएका थिए । रिठ्ठेपानी डाँडा कटानमा पूरक ईआईए आवश्यक पर्ने र त्यसका लागि ३ महिना समय लाग्ने जानकारी नागरिक उड्डयन प्राधिकरणका प्रदीप अधिकारीले गराए ।
प्रधानमन्त्री देउवाले डाँडा कटान नरोक्न भन्दै सरकारले सहयोग गर्ने बताए । विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ ।