काठमाडौं। काठमाडौंमा आयोजना गरिएको दुई दिने कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ।
नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र निर्माण व्यवसाय प्रवर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहयोगमा निर्माण व्यवसायीहरुलाई तालिम प्रदान गरिएको थियो।
तालिम जेठ ९ र १० गते दिइएको थियो। ९ गते महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता र वरिष्ठ उपाध्यक्ष एवं अनुसन्धान तालिम तथ विकास समितिका संयोजक ई.आङदोर्जि लामाको सभापतित्वमा तालिम शुभारम्भ गरिएको थियो।
महासंघले यस किसिमका तालिमहरु अब नियमित रुपमा संचालन गर्ने महासंघका महासचिव रोशन दाहालले बताए। तालिममा ३१ जना निर्माण व्यवसायीको सहभागिता रहेको थियो ।