काठमाडौं। बरुण हाइड्रोपावर कम्पनीको सञ्चालकमा शौरभ गुरागाइँ नियुक्त भएका छन्। कम्पनीले रिक्त रहेको सञ्चालक पदमा गुरागाइँलाई नियुक्त गरेको हो।
गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रविन सुवेदीले दिएको राजीनामा स्वीकृती गरेको थियो।
उक्त बैठकले रिक्त सञ्चालक पदमा गुरागाइँलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।