काठमाडौं। सरकारले ५ सचिवको सरुव गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जना सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई सरकारले राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशीलचन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव बनाइएको छ। ऊर्जा सचिव देवेन्द्र कार्की हालै अवकाश भएका थिए।
त्यसैगरी, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवका रुपमा सरुवा भएका छन्। प्रधामन्त्री कार्यालयका सचिव मणिराम गेलाल खानेपानी मन्त्रालयमा पुगेका छन्।
त्यसैगरी, नेपाल ट्रष्टको कार्यालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ।