काठमाडौं। उपत्यकाको चार नारायण मध्ये धार्मिक रुपमा महत्त्वपुर्ण रहेको ललितपुर गोदावरी नगरपालिका–२ मा अवस्थित बिशंखुनारायन क्षेत्रमा आकर्षक पार्क निर्माण गरिएको छ। सो पार्क डिभिजन बन कार्यलय, ललितपुर र गोदावरी नगरपालिकाको सहयोगमा निर्माण गरिएको हो। आफ्नै बन क्षेत्रभित्र बिशंखुनारायण धार्मिक तथा पर्यापर्यटन हरियाली पार्क निर्माण गरी सञ्चालनमाल्याईएको छ। सो पार्कमा रमाउन आउने पर्यटकहरुको लागि सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बिशंखुनारायण पर्यापर्यटन भान्साघर पनि सञ्चालनमा ल्याइएको छ।
सो पार्कमा रुरखबाट अर्को रुपमा डोरीको माध्यमवाट जान सकिने साहसिक खेल, चिप्लेटी, जिपलाईन आदि सञ्चालनमा ल्याइएको छ। त्यस्तै जडिबुटी प्रवद्र्धधन तथा जैविक विविधता संरक्षणका लागि वन समुहले अन्य कार्यक्रहरु पनि सञ्चालन गरिरहेका छन्। सो पार्कमा वन क्षेत्रभित्र रहेका चराचुरुङगी तथा जङ्गली जनावरको लागि प्लाष्टिक र पक्की पोखरी पनि निर्माण गरिएको छ। आउँदो दिनहरुमा पार्क भ्रमण गर्ने पर्यटकको सङख्या बृद्धि भएमा अन्य सेवा सुविधा पनि विस्तार गर्ने कुरा सो सामुदायिक वनका अध्यक्षले जानकारी गराएका छन्।