काठमाडौं। स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडले सेयरको प्राथमिक सार्वजानिक निष्कासन (आईपीओ) गर्ने भएको छ।
२८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निर्माण अघि बढाएको स्वेत गंगाले ३९ करोड ८२ लाख भन्दाबढी रकम बराबरको आइपीओ जारी गर्ने भएको हो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कम्पनीले बुधबार निष्कासन अनुमति पाएसँगै कम्पनीले ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५०० कित्ता आइपीओ जारी गर्ने जनाएको छ।
हाइड्रोपावरले जारी पुँजीको २५ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। यो सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा र अन्य सर्वसाधरणमा जारी गरिने छ। सेयरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहनेछ।
यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
कम्पनीले अघि बढाएको तल्लो लिखु जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बिड डकुमेन्ट तयारीका लागि सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनीसँग ६ वर्षअघि नै सम्झौता गरेको थियो।