काठमाडौं। सरकारले पेट्रोलियम कारोबारमा निजी क्षेत्रलाई दिने गरि अघि बढाएको कार्यविधिमा रोक लगाएको छ। निश्चित समूहलाई पेट्रोलियम कारोबार दिने गरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको कार्यविधिमा रोक लगाएको हको।
कार्यविधिको विरोध भएपछि मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ।
मन्त्रालयले पेट्रोलियम कारोबारमा निजी क्षेत्र खुला गर्नेगरि कार्यविधि तयार गरेको थियो। यो कार्यविधि तयार भएपछि उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक कार्यक्रममा निजी क्षेत्र ल्याउने धारणा समेत सार्वजनिक गरेका थिए।
मन्त्रालयले बनाएको यो समितिको एप्रुभलका लागि मन्त्रिपरिषद्मा पठाइएको छ। समितिमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थामी छन्। समितिमा पेट्रोलियम विज्ञ र अर्थशास्त्री राखिएको छ।