उदयपुर। उदयपुरको कटारी नगरपालिका वडा नं. १० को चिम्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. २ बाइटार जोडने सुनकासीको झोलुङगे पुलको भौतिक संरचना निर्माण सम्पन्न नहुँदै भत्किएको छ। पुल निर्माणको लागि पूर्वाधार विकास कार्यलय गाईघाटबाट ३ करोड ५० लाख लागतमा ठेकका लिएको निर्माण कम्पनीले निर्माण कार्यमा ढिलासुस्ती साथै पुलको स्ल्यापमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको कारण पुल भत्किएको स्थानीएको दावि रहेको छ।
पुल निर्माण कार्यमा ढिलासुस्ति साथै गुणस्तरहीन सामाग्री प्रयोग भएको बारेमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि वेवास्ता गरेको गुनासो स्थनीयवासीको रहेको छ। पुल निर्माण नहुँदा दुवै जिल्लाका स्थानीयहरुले काठको डुंगाबाठ जोखिम मोलेर सुनकोसीबाट आवत जावत गर्न बाँध्य रहेका छन्।