काठमाडौं। ङादी ग्रुप पावर लिमिटेड र वरुण हाइड्रोपावर लिमिटेडले एक अर्ब ३२ करोड भन्दा बढीको हकप्रद सेयर जारी गर्ने भएका छन्। नेपाल धितोपत्र बोर्डका यी दुई हाइड्रोपावर कम्पनीले १ अर्ब ३२ करोड ८३ लाख ६ हजार १०० रुपैयाँ बराबरको १ करोड ३२ लाख ८३ हजार ०६१ कित्ता सेयर जारी गर्ने भएका हुन्।
ङादी ग्रुपले बोर्डबाट निष्कासन अनुमति पाएपछि १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार ९८६ कित्ता हकप्रद जारी गर्ने भएको छ। जारी अनुमतिका लागि ङादी ग्रुप गत जेठ ९ बोर्ड पुगेको थियो । हाइड्रोले १ बराबर १ः५ अनुपातमा हकप्रद जारी गर्ने छ।
यस्तै शुक्रबार बोर्डको पाइपलाइनमा थपिएका हाइड्रोपावरमध्ये बरुण हाइड्रोपावरले २६ करोड बढीको हकप्रज जारी गर्न माग गर्दै बोर्डमा निवेदन पेस गरेको छ। हाइड्रोपावरले १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न माग गरेको हो।
बोर्डबाट निष्कासन अनुमति पाएपछि हाइड्रोपावरले २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्ने छ।
हाइड्रोपावरको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्च बैंकिङ छ। हकप्रद निष्कासन अनुमति माग गर्दै बरुण हाइड्रोपावरले जेठ ११ गते धितोपत्र बोर्डमा निवेदन पेस गरेको थियो।