बारा। निजगढबासीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशको विरोध गरेका छन्। शनिबार माइतीघर मण्डलामा निजगढवासीले विरोध कार्यक्रमको आयोजना गरेका हुन्।
उनीहरुले वातावरणको नाममा विकास रोक्न पाइन्दैन भन्दै सर्वोच्च अदालतको फैलसा विरुाद्ध प्रदर्शन गरेका छन्। ‘कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर’, ‘विकास र समृद्धि अधिकार होइन र?’, ‘वातावरणको नाममा विकास रोक्न पाइन्दैन’ लगायत लेखिएको प्रचा बोकेर सर्वोच्च अदालतको फैसलाको विरोध गरेका छन्।
बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो। अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको हो ।