ताप्लेजुङ। लिम्बु समुदायहरुको साँस्कृतिक जगेर्ना गर्ने उद्देश्यले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा परिसरमा च्याब्रुङ स्तम्भ निर्माण गरिएको छ। सो च्याब्रुङ स्तम्भ किरात याक्थुङ चुम्लुङ जापान शााखाको आर्थिक लगाानीमा निर्माण गरिएको हो।
निर्माण भएको च्याब्रुङ स्तम्भ लिम्बु समुदायको ऐतिहासिक साँस्कृतिक वाजाको रुपमा रहेको छ। ३ हजार ७९४ मिटर उचाई रहेको पाथीभरा परिसरमा सनिर्माण भएको च्याब्रुङको प्रतिमा स्तम्भले लिम्बु समुदायको साँस्कृतिक पहिचानको जगेर्ना गर्नमा टेवा पुग्ने अपेक्षा राखिएको कुरा लिम्बु समुदायले जनाएको छ।
महत्त्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थल पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माणले लिम्बुको सँस्कृति संरक्षण साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा राखिएको छ।