काठमाडौं। सर्वोच्च अदालतले निर्माण नगर्न आदेश दिएको निजगढ विमानस्थल सरकारले बनाउने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट भाषण गर्दै निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेका हुन्।
सर्वोच्चको पूर्ण फैसला नआउँदै सरकारले बजेटमार्फत निजगढलाई अघि बढाउने योजना सार्वजनिक गरेको हो । मन्त्री शर्माले भने, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत आयोजना विकास अघि बढाइनेछ।’
यात्रुको चाप कम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ । सरकारले नागरिक उड्डयन प्राधिकरणलाई पुनःसंरचना गरी सेवा प्रदायक र नियामकका रूपमा छुट्टाछुटै निकाय स्थापना गर्ने भएको छ ।