काठमाडौं। अबदेखि निर्माण व्यवसायीहरुले विकास निर्माणका काम दुई सिफ्टमा गर्नुपर्ने भएको छ।
आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायीहरुले आफ्ना निर्माण क्षेत्रमा अनिवार्य रुपमा दुई सिफ्टमा काम गर्नुपर्ने बताएका हुन्।
आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले २ सिफ्टमा काम गर्नुपर्ने व्यवस्था ल्याएको हो। दुई सिफ्टमा काम गर्नुपर्ने नियम लागू भएसँगै अब निर्माण व्यवसायीले राति पनि काम गर्नुपर्ने हुन्छ। सरकारले विकास निर्माणको कार्यमा राति पनि अनुगमन गर्न सक्ने बताइएको छ।
अर्थमन्त्री शर्माले निकै कमजोर रहेको पुँजीगत खर्च बढाउन यस्तो घोषणा गरेको बताए।