काठमाडौं। सडक सञ्जालसँग सदरमुकाम नजोडिएको हिमाली जिल्ला हुम्लामा सिमेन्टको मुल्य सस्तो भएको छ। उक्त जिल्लामा सिमेन्टको मुल्य ६१ प्रतिशत भन्दा बढीले सस्तो भएको हो।
जिल्लाको दक्षिणी क्षेत्र सडक सञ्जालसँग जोडिनु र छोटो दुरीबाट खच्चडमा सिमेन्ट ढुवाँनी गर्न सुरु गरेपछि मुल्य न्युन पर्न गएको हो।
हवाई मार्गबाट ढुवाँनी भएर आउने सिमेन्ट भन्दा पैदल मार्गबाट गाडी र खच्चडमा ढुवाँनी भएर आउने सिमेन्टको मुल्य ६१ प्रतिशत मुल्य सस्तो पर्ने गरेको निर्माण व्यवसायीहरु बताउछन्। पैदल मार्गबाट जिल्लाको दक्षिणी क्षेत्रको सलीसल्ला हुँदै दुल्ली कुनासम्म गाडीमा आउने सिमेन्ट त्यो ठाउँबाट खच्चडमा ढुवानी गरेर ल्याइउको सिमेन्टको मुल्य प्रतिबोरा तीन हजार सात सय पर्छ भने हवाईबाट ढुवानी गरेर ल्याईएको सिमेन्टको मुल्य प्रतिबोरा ६ हजार पर्न जान्छ।
मुल्य सस्तो पर्ने भएपछि अधिकाँस निर्माण ब्यवसायीले पैदल मार्गबाटै ढुवाँनी भएर आउने सिमेन्ट खरिद गर्ने गरेको बताईएको छ। सिमेन्टको मुल्य सस्तिएसँगै बिकास निर्माणका काम र ब्यक्तिगत रुपमा गरिने बिकासे कामको लागत पनि सस्तो भएको छ। निर्माण ब्यवसायीले चार सय बोरासम्म पैदल मार्गबाट आएको सिमेन्ट खरिद गर्ने गरेका छन्।