पाल्पा । जिल्लामा खुला सांस्कृतिक डबली निर्माण भइरहेको छ । लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउँको नुवाकोटमा खुला सांस्कृतिक डबली निर्माण गरेको हो ।
तानसेनको श्रीनगर सांस्कृतिक डबली ६ करोड ८० लाखमा रनुवाकोटमा निर्माण भइरहेको सांस्कृतिक डबली तीन करोड ८४ लाखमा निर्माण भइरहेको छ । दुवै स्थानमा निर्माण भइरहेको खुला सांस्कृतिक डबली निर्माण कार्य अन्तिम चरणमा पुगेको र अवको दुई महिनाभित्र सम्पूर्ण निर्माण कार्य सकिने निर्माण व्यवसायीले बताएका छन् ।
अहिलेसम्म निर्माणको ९० प्रतिशत काम सकिएको र अन्तिम फिनिसिङ्गका कामहरु भइरहेको बताइएको छ । नुवाकोट डबलीमा २ सय ५० जना र कैलाशनगरको डबलीमा पाँचसय जना अट्ने क्षमता रहेको छ । खुला सांस्कृतिक डवली नेपालमै नमुना सांस्कृतिक डवलीको रुपमा निर्माण गरिएको हो ।