काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि सहयोग गरेका छन्। उनले आफ्नो पाँच महिनाको तलब सहयोग गरेका हुन्।
छुवाछुत उन्मूलन दिवसको दिन पारेर केही दिनअघि गरिएको शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणमा सहयोग गर्ने आश्वासन दिएका थिए।
दिनेश डिसीको निर्देशनमा बनिन लागेको ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित छ। चलचित्र निर्माणका लागि एक करोड २५ लाखको लागत अनुमान गरिएको छ।