सिन्धुपाल्चोक । पहिरोका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । शनिबार रातिको भारी वर्षाका कारण गएको पहिरोले सडकमा क्षति पुर्याएको हो ।
गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएको थियो ।
मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए ।
उनले मौसम सुधार आउने बित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताए ।