भैरहवा। भदौमा परेको मुसलधारे पानीले देवदहको घोडाहा र सुनवलको तुरिया खोलामा आएको ठूलो बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने घोडाहा पुल र तुरिया खोलाको पुुल भत्काएको थियो। त्यसैले बुटवल–नारायणगढ सडक परियोजनाले बाढी कम भएपछि तुरिया खोलामा बेलिब्रिज र घोडाहामा डाइभर्सन बनाएर तत्काल सडक सुचारु गर्यो। साथै, नयाँ पुल निर्माणको काम पनि अघि बढाएको थियो। तर अहिलेसम्म पुल निर्माण हुन सकेकाे छैन्।
परियोजना प्रमुखका अनुसार पुरानो पुल भएकै स्थानमा नयाँ पुल निर्माणको कामअघि बढाइएको हो। पुल भत्किनु भन्दा अगाड सरकारले सो सडकखण्डलाई चार लेनमा विस्तार गर्ने लक्ष्यसहित टेन्डर आह्वान गरी निर्माण कार्य अगाडि बढाएकोमा पुल भत्किए पश्चिात सोही स्थानमा अर्को दुई लेनको पुल निर्माण कार्य अघि बढाइएको छ। ‘उक्त सडकखण्ड चार लेन बनाउने काम भइरहेको छ भने योजना प्रमुखले पुरानो पुललाई दुई लेनकै बनाउने र अब दुई लेनकै नयाँ पुल थप्ने गरी काम भइरहेको जनाएका छन्। तर निर्माण कार्य भने कछुवा गतिमा भइरेको छ।