काठमाडौं। बेहुलाले साइकलमा सवारी मात्रै नभई बेहुलीलाई समेत साईकलमै राखेर घर भित्राएका छन्। व्यास नगरपालिका–१० का २६ वर्षिय विनोद सापकोटाले साइकलमा चढेर गएर साइकलमा नै राखेर बेहुलीलाई घरमा भित्राएका हुन्।
सामाजिक सन्देश प्रवाह गर्नका लागि मङ्गलबार तनहुँमा सवारीको लागि साइकलको प्रयोग गरी विवाह गरिएको छ। मितव्ययी तरिकाले विवाह गर्नुपर्छ भन्ने सन्देस प्रवाह गर्न र पेट्रोलियम प्रदार्थको खपत घटाउन सन्देश दिने मुख्य उद्देश्यले साइकलको सवारी प्रयोग गरेको बेहुला सापकोटाले बताए।
बेहुला सापकोटा बेहुली सङ्गीता भुजेल लिन साइकलमा ४ किलो मिटर दुरी पार गरी सदरमुकाम दमौलीमा पुगेका थिए। साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए। बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए।
सिङगार पटार गरेका बेहुलो र बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने, सेल्फी खिच्ने भेटिए। दुलहीका बुबा पूर्णबहादुर भुजेलले दाईजोको पनि माग नभएको र खर्च धेरै नर्गन बेहुलाको पक्षले अनुरोध गरेको जानकारी दिए।
बेहुला सापकोटा साईकलका खेलाडी हुन्। उनले ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए।
‘इन्धन बचाउने मात्रै नभई मानिसलाई निरोगी पनि बनाउने भएकोले प्रयोग बढाउनु पर्ने यसरी गरिएको विवाहले साइकलको महत्व बढ्ने भएकोले खुसी लागेको बताईएको छ।