झापा। करिब १३ करोडको लागत झापाको दमकमा फनपार्क निर्माण पछि सञ्चालनमा ल्याएको छ। करिब ६ बिघा क्षेत्रफलमा दमक फनपार्क एन्ड एग्रो टुरिजम प्रालिले करिब १३ करोडको लागतमा सो फनपार्क निर्माण पछि सञ्चालनमा ल्याएको हो। साो पार्कमा सवारी पार्किङको व्यवस्थासहित प्रमुख आकर्षणका रूपमा गोल्डेन टापु, फनपार्क र बोटिङ पनि रहेका छन् ।
उक्त पार्कभित्र स्तरीय रेस्टुराँ पनि सञ्चालनमा ल्याइएको छ। त्यस्तै होटल तथा पर्यटन व्यवसायका अनुभवी युवा संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने प्रयत्न गरिएको कम्पनीका अध्यक्षले जानकारी गराएका छन्। झापा जिल्लाका मुख्य सहरी क्षेत्रमा पछिल्ला समयमा निरन्तर व्यावसायिक रूपमा पार्कलगायत मनोञ्जन स्थलका संरचना निर्माण हुने क्रम बढ्दै गइरहेको छ। जसले गर्दा पर्यटकलाई अझ बढि आकर्षण गर्ने र आर्थिक क्षेत्रमा पनि टेवा पुग्ने संभावना बढेको छ। जुन कार्यले दमककाे मात्र नभएर पुरै जिल्लाकै विकासमा टेवा पुर्याउने छ।