काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी क्याप्टेन दीपुराज ज्वारचनलाई दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी निगमको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनलाई दिएका हुन।
यसअघि निगमको अपरेशन विभागको प्रमुखका रुपमा रहेका ज्वारचन महानिर्देशकको जिम्मेवारी पाएसँगै आफ्नो जिम्मेवारी थपिएको बताए। उनले पदभार ग्रहण गर्दै समग्रतामा सुधारका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना र सो को लागि रणनिति बनाएर सबैलाई साथ लिएर अघि बढ्ने समेत बताएका छन्। विगत १३ वर्षदेखि निगममा कार्यरत ज्वारचन एयरबस ३२० जहाजका प्रशिक्षक पाइलट समेत हुन्।
गत कात्तिकमा मन्त्री आलेको सिफारिसमा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका युवराज अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो। कार्यकारी अध्यक्ष निलम्बनमा परेसँगै मन्त्री आलेले महाप्रबन्धकको जिम्मोवारी ज्वारचनलाई दिएका हुन्।