पोखरा। पोखरामा फुर्सेखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।पोखरा महानगरपालिका वडा नम्बर २२ मा (शुक्रबार) राति फुर्से खोलाले बगाउँदा एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा पोखरा २२ का बासिन्दा ५० वर्षीय टेक नाथ बराल रहेका छन्।
बरालको शव हिजो बिहान बिहान ७ बजे पोखरा –२२ पिपलडालीमा रहेको खोला नजिकै खेतको बीचमा भेटिएको हो। मृतक बरालको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको कास्की प्रहरीले जनाएको छ।